Select Menu
Select Menu
News

Wisata

Culture

Transportasi Tradisional

Bali

Pantai

Seni Budaya

Kuliner

» » नेपाललाई विश्वकै उत्कृष्ट भ्रमण गन्तव्यमा नवौ स्थानमा पर्ने स्थानहरु


Unknown 11:27 PM 0

सन् २०१५ का लागि नेपाल विश्वकै उत्कृष्ट भ्रमण गन्तव्यमा सुचित भएलगत्तै हाल यसको चर्चा देशविदेशसम्म हुने गरेको पाइएको छ । विश्वविख्यात अमेरिकी पत्रिका फोब्र्सले सन् २०१५ मा भ्रमण गर्नैपर्ने १० मुलुकको सूचीमा नेपाललाई नवौ स्थानमा समावेश गरेपछि नेपालप्रति विश्वको ध्यान केन्द्रित भएको हो | 

उक्त पत्रिकाको पछिल्लो संस्करणमा एन आबेलले प्रकाशन गरेको ‘द टेन कुलेस्ट प्लेसेस् टु भिजिट इन २०१५’ शीर्षकको आलेखमा नेपाललाई नवौं स्थानमा समावेश गरिदै यसलाई पदयात्रीहरुको स्वर्गका रुपमा वयान गरिएको र नेपाल क्रमशः आरामदायी गन्तव्य मुलुकका रुपमा विकसित हुँदै गएको प्रष्ट गरिएको छ ।

“चकित पार्ने नेपालको सौन्दर्य र विविध कलात्मक परम्परा, उच्च हिमशृङ्खला, पहाडी उपत्यका, मठ मन्दिर र गुम्बाले नेपाललाई भ्रमण गर्नै पर्ने मुलुक बनाएको छ” आलेखमा भनिएको छ । फुर्सदका बेला फेवातालमा डुङ्गा खियाउँदै त्यसमा देखिने मनोरम हिमच्छादित टाकुराले नेपालको प्राकृतिक सौन्दर्यमा निखार थपेको आलेखमा लेखिएको छ । त्यस्तै, आज हामी तपाईसमक्ष नेपाललाई संसारकै घुम्नलायक मुलुकको सूचीमा नवौ स्थानमा पर्न सफल केहि स्थानहरुको दृश्य देखाउदै छौ |

«
Next
Newer Post
»
Previous
This is the last post.

No comments

Leave a Reply