Select Menu
Select Menu
News

Wisata

Culture

Transportasi Tradisional

Bali

Pantai

Seni Budaya

Kuliner

२० साउन, काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा मिलेको छ ।
कांग्रेसले थप दुई मन्त्रालय दाबी गरेपछि बिहीबार दुई दलका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा समझदारी भएको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सरकारको नेतृत्वकर्ता दल माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेको छ । आठौं मन्त्रालय महिला बालबालिका तथा समाज कल्यण हुन सक्ने बताइएको छ । सरकारको प्रमुख घटक कांग्रेसले गृहसहितका १३ मन्त्रालय लिनेछ । कांग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन लगायतका मन्त्रालय परेको छ ।
नविन थापा:- नेपाल भौगोलिक दृस्टीकोणले हिमाल,पहाड र समथर तराईको सरगम प्राकृतिक सम्पन्नता राष्ट्र र आर्थिक हिसाबले विकासउन्मोख राष्ट्र | राजनीतिक अस्थिरता,बेरोजगारी,द्वन्द,महंगीबाट आजित नेपाली जनताका प्रमुख समस्या |
कति सधै समस्यालाई मात्रै खोतल्नु आज कुनै नौलो जानकारी तिर लागौ ,नेपालीहरुका प्रमुख समस्यालाई पर राख्दै आज हामी तपाईहरुलाई नेपाल किन पर्यटकको नजरमा प्रमुख गन्तब्य पर्ने गर्छ त ? भन्ने जानकारी दिदै छौ |
बाहिय पर्यटकको मन मस्तिष्कमा नेपालका के-के कुरा अमर रहेर बाचीरहेका छन् ? नेपाल आउनु प्रमुख कारण के हो ? यस सम्बन्धि जानकारी पढ्नुहोस्:-
१.अन्नपुर्ण क्षेत्र :- बिश्वका प्रमुख उत्कृस्ट ट्रेकिंग रुटमध्यको एक हो अन्नपुर्ण ट्रेकिंग रुट | नेपालको पर्यटकिय राजधानी पोखरा देखि मुस्तांगसम्मको पैदल मार्गको वाताबरण,हावा,पानी,आथित्य सत्कार आदिबाट मोहित हुनुनै प्रमुख कारणको बाहिय पर्यटकको नेपालआगमन अनि अन्नपुर्ण क्षेत्र भ्रमण |
पोखरामा हरेक बर्ष जस्तो हुने सडक महोत्सब शुरु भएको छ | लेकसाईडको तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने महोत्सब पुस १७ गते सम्म चल्नेछ । एकै समय र अबधिमा सञ्चालन हुदै आएको सडक महोत्सबले स्वदेशी तथा बिदेशी पर्यटकलाई पोखरा सम्म भित्र्याउन ठुलो योगदान गरेको छ । अंग्रेजी नयाँ बर्षको अबसरमा आयोजित महोत्सब अबलोकनको साथै नयाँ बर्ष मनाउन पोखरा आउने पर्यटकको चहलपहल लेकसाईडमा बढेको छ । स्थानिय फिस्टेल गेट देखि खहरे सम्म लेकसाईडका रेष्टुरेण्टहरु सडकमै ओर्लिएका छन् । बिच सडकमा रेष्टेरेण्टको स्टल राखेर खाने र रमाउने ब्यबस्था मिलाईएको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । महोत्सबमा बसुन्धरा पार्क र बाहिर सडकमा गरी झण्डै तीन सय स्टल रहेका छन् ।
जापान सरकारको आर्थिक सहयोगमा बनेको हालसम्मकै ‘ग्राण्ड’ प्रोजेक्ट अन्तर्गत रहेको यस बनेपा-सिन्धुली-बर्दिबास सडकखण्ड यहि मार्च २०१५मा निर्माण सम्पन्न भएको हो | तत्कालिन नेपाल सरकारले काठमान्डू तराइ जोड्ने पृथ्वी हाइवे, त्रिभुवन हाइवे बन्द हुँदा परेको समस्या स्वरूप जापान सरकारलाइ गरेको बिशेष अनुरोध पश्चात जापान सरकार तराई र पहाडको ‘पुल’ बनेको हो | १६० किलोमिटर लम्बाई रहेको यस राजमार्ग बिपी राजमार्गको नामले चिनिन्छ | मे पहिलो हप्ता जापानले नेपाल सरकारलाई लाइ हस्तान्तरण गर्दैछ |  प्रस्तुत छ धुलिखेल-सिन्धुली-बर्दिबास सडकको फिल्ड रिपोटिंग बाट प्राप्त  फोटो फिचर :शब्द/तस्बिर : कृष्ण अधिकारी
भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको छ । आइतबार बिहान १ बजे राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिराले कालीगण्डकी थुनेको हो । करिब एक हजार ५०० मि माथिबाट पहाड भत्किएर खसेको पहिराले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । 
सन् २०१५ का लागि नेपाल विश्वकै उत्कृष्ट भ्रमण गन्तव्यमा सुचित भएलगत्तै हाल यसको चर्चा देशविदेशसम्म हुने गरेको पाइएको छ । विश्वविख्यात अमेरिकी पत्रिका फोब्र्सले सन् २०१५ मा भ्रमण गर्नैपर्ने १० मुलुकको सूचीमा नेपाललाई नवौ स्थानमा समावेश गरेपछि नेपालप्रति विश्वको ध्यान केन्द्रित भएको हो | 

उक्त पत्रिकाको पछिल्लो संस्करणमा एन आबेलले प्रकाशन गरेको ‘द टेन कुलेस्ट प्लेसेस् टु भिजिट इन २०१५’ शीर्षकको आलेखमा नेपाललाई नवौं स्थानमा समावेश गरिदै यसलाई पदयात्रीहरुको स्वर्गका रुपमा वयान गरिएको र नेपाल क्रमशः आरामदायी गन्तव्य मुलुकका रुपमा विकसित हुँदै गएको प्रष्ट गरिएको छ ।

“चकित पार्ने नेपालको सौन्दर्य र विविध कलात्मक परम्परा, उच्च हिमशृङ्खला, पहाडी उपत्यका, मठ मन्दिर र गुम्बाले नेपाललाई भ्रमण गर्नै पर्ने मुलुक बनाएको छ” आलेखमा भनिएको छ । फुर्सदका बेला फेवातालमा डुङ्गा खियाउँदै त्यसमा देखिने मनोरम हिमच्छादित टाकुराले नेपालको प्राकृतिक सौन्दर्यमा निखार थपेको आलेखमा लेखिएको छ । त्यस्तै, आज हामी तपाईसमक्ष नेपाललाई संसारकै घुम्नलायक मुलुकको सूचीमा नवौ स्थानमा पर्न सफल केहि स्थानहरुको दृश्य देखाउदै छौ |